७. प्रक्रियागत सरलीकरण र व्यवस्था
७.१. इजाजत–पत्रसम्बन्धी प्रक्रिया
७.१.१ पैठारीको निमित्त बन्देज र परिमाणात्मक बन्देज लगाइएका वस्तुहरूबाहेक अरू वस्तु बैंकिङ प्रणालीमार्पmत आयात गर्दा इजाजत–पत्र चाहिने छैन ।
७.१.२ निकासीका निमित्त बन्देज लागेका वस्तु बाहेक अरू वस्तुको निकासी खुला गरिएको छ ।
७.१.३ निकासी वा पैठारीको इजाजत चाहिने अवस्थामा वाणिज्य विभागले इजाजतपत्र दिनेछ ।
७.२. कर, भन्सार तथा महसुलसम्बन्धी व्यवस्था
७.२.१ निर्यात वस्तु र यसको उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थहरू मुलुकभित्र ओसारपसार गर्दा स्थानीय कर लाग्ने छैन ।
७.२.२ विदेशी क्रेताले नेपाली निर्यातकर्तालाई निर्यात अर्डरका लागि पठाएको नमूना ९क्बmउभिक० वस्तुमा भन्सार महसुल लगाइने छैन ।
७.२.३ निर्यातित वस्तुहरू विदेशी आयातकर्तालाई अमान्य भई फिर्ता भएका अवस्थामा निर्यात भएको प्रमाणित गर्ने कागजातहरूको आधारमा त्यस्ता वस्तुहरूमा भन्सार महसुल र ख्ब्त् नलाग्ने व्यवस्था गरिनेछ ।
७.२.४ पैठारी भएका कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थहरूबाट उत्पादित वस्तु निर्यात भएमा आयातमा तिरेको भन्सार कर फिर्ता हुनेछ । बैंक ग्यारेन्टी राखेकोमा सम्बन्धित भन्सार कार्यालयले फुकुवा गर्नेछ ।
७.३. जि.एस.पी. ९न्भलभचबष्शिभम क्थकतझ या एचभाभचभलअभक० सम्बन्धी व्यवस्था
७.३.१ जि.एस.पी. सुविधाका सम्बन्धमा नियमित रूपमा व्यवसायीहरूलाई व्यापार प्रवद्र्धन प्रतिष्ठानले जानकारी गराउनेछ ।
७.३.२ जि.एस.पी. सिफारिस गर्ने निकाय, कार्यविधि र सोसम्बन्धी सेवाशुल्क वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोक्नेछ ।
७.३.३ जि.एस.पी. सिफारिस सेवाशुल्कबाट प्राप्त रकमलाई निर्यात वस्तु विकास, गुणस्तर सुधार र निर्यात प्रवद्र्धनमा खर्च गरिनेछ ।
७.३.४ जि.एस.पी.को रेकर्ड राख्ने र कार्यान्वयन गर्ने काम व्यापार प्रवद्र्धन
प्रतिष्ठानले गर्नेछ ।
७.४. उत्पत्तिको प्रमाणपत्रसम्बन्धी व्यवस्था
७.४.१ वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने निकाय र यसमा लगाइने सेवाशुल्कसम्बन्धी निर्णय
गर्नेछ ।
७.४.२ उत्पत्तिको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गर्नेछ ।
७.४.३ उत्पत्तिको प्रमाणपत्र जारी गरेबापत प्राप्त हुने रकमलाई जारी गर्ने निकायले निर्यात वस्तु विकास र प्रवद्र्धन कार्यमा खर्च गर्नुपर्नेछ ।
७.४.४ उत्पत्तिको प्रमाणपत्रसम्बन्धी अनुगमन वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोकेको निकायले गर्नेछ ।
७.४.५ उत्पत्तिको प्रमाणपत्र जारी गर्ने निकायले सोसम्बन्धी अभिलेख कम्तीमा पनि ३ वर्षसम्म अद्यावधिक राख्नुपर्नेछ । अभिलेखसम्बन्धी विवरण चौमासिक रूपमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोकेको निकायसमक्ष पेश गर्नुपर्नेछ ।